सरकारले कपिलवस्तुको तिलौराकोट र जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा गरेको छ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तिलौराकोट र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका हुन्।