सरकारले साइबर सुरक्षाको छुट्टै कानुन बनाउने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याइने बताएका हुन्। ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञान पार्क स्थापना गरिनेछ।
विद्युतीय तथ्यांकहरूको सुरक्षा, भण्डार र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने पनि राष्ट्रपति पौडेलले बताएका छन्।