सरकारले पूर्वाधार निर्माणको काम दुई सिफ्टमा गरिने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार निर्माणमा सुस्तता आएकाले यस प्रकारका काम दुई सिफ्टमा गरिने बताएका हुन्।
हाल विशेष प्रकृतिको आयोजनाबाहेक अन्य आयोजनामा एक सिफ्टमा काम हुँदै आएको छ। आगामी आार्थिक वर्षदेखि दुई सिफ्टमा काम गरेर आयोजना समयमै सक्ने नीति सरकारले लिएको छ।