राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ हिमाल आरोहण खुला गर्ने सरकारको नीति रहेको बताएका छन्।
उनले सरकारको तर्फबाट शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ हिमाल आरोहणको लागि खुला गरिने र आरोही तथा पदयात्रीको आकस्मिक उद्दारको व्यवस्था समेत गरिने बताएका हुन्।