सरकारले सातै प्रदेशमा नयाँ पर्यकटीय गन्तव्यको विस्तार र विकास गरिने योजना अघि सारेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटन प्रवर्द्धनका लागि 'एक प्रदेश एक साँस्कृतिक ग्राम' को अवधारणा अघि बढाइ विश्व पर्यटन बजारमा नेपालको ब्रान्डिङ गर्ने गरी योजना सरकारको नीति रहेको बताएका छन्।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले पर्यटनका लागि विशेष कार्यक्रम ल्याइने बताएका हुन्।