राष्ट्रपति रामचन्द्र पौडेलले ढुंगा–गिट्टी तथा बालुवाको निर्यातको सम्भावना अध्ययन गर्ने बताएका छन्।
उनले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले वातावरण प्रतिकुल नहुने गरी ढुंगा–गिट्टी तथा बालुवाको संकलन, उत्खनन् र वितरणका लागि कानुनी व्यवस्था गर्ने बताएका हुन्।