राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गरिने बताएका छन्।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले कृषिको उत्पादन बढाई आत्मनिर्भर हुने बताएका हुन्।
राष्ट्रपति पौडेलले कृषि बाली लगाउनु पूर्व नै न्यूनतम समर्थन मूल्य तोक्ने समेत बताए। त्यस्तै हाइब्रिड जातका बिउ स्वदेशमै उत्पादन समेत गरिने बताएका छन्।