जगदम्बा सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमता दोब्बर गर्ने भएको छ। वीरगन्जको उद्योगले हाल प्रतिदिन २४ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएकोमा यसलाई बढाएर ५२ हजार पुर्याउने भएको छ।
वीरगन्जमा आफ्ना डिलरहरुको सम्मेलनमा बोल्दै जगदम्बाका प्रवन्ध निर्देशक विष्णुप्रसाद न्यौपानेले अबका दिनमा उद्योगको क्षमता मात्रै नभई गुणस्तर पनि बढ्ने बताए।
त्यस्तै रुपन्देहीको उद्योगबाट प्रतिदिन ६० हजार बोरा उत्पादन हुनेगरी क्षमता थप्ने कार्य अघि बढीसकेको बताउँदै उनले जगदम्बा सिमेन्टले कुल उत्पादन क्षमता प्रतिदिन १ लाख १२ हजार पुरयाउने लक्ष्य लिएको प्रस्ट पारे।
कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक राजेश अग्रवालले हाम्रो घर मोबाइल एपद्धारा डिलर तथा पार्टनरलाई पनि सहज हुने विश्वास व्यक्त गरे। सो अवसरमा जगदम्बाले आफ्ना डिलर तथा पार्टनरलाई पुरस्कृत समेत गरेको छ।
सिमेन्ट उद्योगमा जगदम्बा विश्वको उच्चस्तरीय प्रविधि एफएल स्मिथ डेनमार्कको भर्टिकल रोलर मिल (भिआरएम) भित्र्याउने दोस्रो कम्पनी रहेको उनले बताए। सो अवसरमा अध्यक्ष शंकरलाल अग्रवाल, कार्यकारी निर्देशक राजेश अग्रवालको पनि उपस्थिति थियो।