पञ्चकन्या ग्रुपले निर्माण क्षेत्रका कालिगढ तथा ठेकेदारहरुलाई भूकम्प प्रतिरोधात्मक प्रविधिबाट भवन निर्माण सम्बन्धी तालिम दिएको छ।
तालिममा भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्दा सामग्रीको गुणस्तर, जग र जगका प्रकार, कस्तो स्थानमा कस्तो जग राख्ने, पिलर निर्माण, रिङ्ग बाँध्ने तरिका, रिङ्ग र छडको संख्या, पिलर र बिमको जोर्नी, गाह्रो बन्धन, भूकम्पले पु¥याउने क्षती तथा विभिन्न डिजाइनका घर निर्माण सम्बन्धी विभिन्न तालिम प्रदान गरिएको थियो ।
प्रशिक्षार्थीहरुलाई बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले प्रमाण–पत्र तथा परिचय–पत्र वितरण गरेका थिए।
तालिम बनेपा र पनौती नगरपालिकाको समन्वय तथा पञ्चकन्या ग्रुपको प्रयोजनामा भाद्र २४ गतेदेखि ३० सम्म संचालित थियो।