नेपाली बजारमा अव जापानिज प्रविधियुक्त ‘वाटरप्रुफ’ इटा पाइने भएको छ । सुपर इको ब्रिक इनोभेसन प्रालिले नेपालमै ‘वाटरप्रुफ’ इटा उत्पादन गर्न सुरु गरिएको जानकारी गराएको छ।
भक्तपुरको बागेश्वरीमा कारखाना स्थापना गरी कम्पनीले जापानिज प्रविधियुक्त इटा उत्पादन गर्न सुरु गरेको छ । जापानिज प्रविधियुक्त सो इटा सिमेन्टसँग सजिलै जडान हुने गरी निर्माण गरिएको पनि कम्पनीका प्रबन्ध निर्देशक सुनिल ढुंगेलले जानकारी दिए। इटा आफै विभिन्न कलरमा पाइने हुनाले यो इटामा रंगरोगन गरिरहन नपर्ने उनले स्पष्ट पारे।
कम्पनीले सिमेन्टमा जडान गर्न सजिलो हुने र रंगरोगन पनि गरिरहन नपर्ने भएकाले यो इटाबाट निर्माण गरिएको भवनको लगानी अन्य भवनको भन्दा कम हुने दावी पनि गरेको छ ।
कम्पनीका अनुसार यो इटा बनाउनको लागि कुनै पनि इन्धन नचाहिने भएकोले वातवरणमैत्री भएको जनाएको छ। त्यस्तै यसले आफै पानी रोक्ने भएकोले प्लास्टर पनि गर्नुनपर्ने कम्पनीले जनाएको छ।
सबै इटामा पहिले नै रंग लगाइएको हुनाले यसमा कुनै पनि रंगरोगन गर्नुपर्ने आवस्यकता नहुने कम्पनीको दाबी छ यसले घर निर्माणको लागत घटाउने कम्पनीले जनाएको छ।
खेर नजाने हलुका बलियो सामग्री भएकोले इटाको बिकल्पमात्र होइन उपयुक्त निर्माण सामग्री भएको कम्पनीले जनाएको छ।