पञ्चकन्या ग्रुपले स्थापनाको ४६ औं वर्ष पुगेको अवसरमा बाढी पीडित तथा चाइल्ड रिच नेपाललाई सहयोग रकम हस्तान्तरण गरेको छ।
ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८६औं जन्मोत्सव तथा कम्पनी स्थापनाको ४५ वर्ष पुगेको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गर्नेगरी अर्थ राज्यमन्त्री उदय शम्शेर राणालाई ग्रुपले २ लाख ५१ हजार हस्तान्तरण गरेको हो।
त्यस्तै किशोरीहरुको स्वास्थ्य र अध्ययनलाई टेवा पुग्ने कार्य गर्दै आएको संस्था चाईल्ड रिच नेपाललाई सहयोग स्वरुप ४ लाख ५० हजार सहयोग प्रदान गरिएको ग्रुपले जनाएको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पञ्चकन्या समूहका संचालकहरु, कर्मचारीहरु, डिलर, शुभ–चिन्तकहरुको उल्लेख्य उपस्थिति थियो। सो अवसरमा वर्षभरीमा धेरै बिक्री गर्न सफल स्टील, प्लाष्टिक र एसएस वाटर ट्याङ्कका डिलरहरुलाई प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो।