नेपालका लागि भोल्भो कन्स्ट्रक्सन इक्वीपमेन्टको आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्सले ३० टन रेन्जको स्काभेटर ल्याएको छ। यो खानी कार्य र जलविद्युत आयोजनाहरुलाई मध्यनजर राखेर गरिएको छ।
EC300DL मा २३१ हर्सपावरको भोल्भो D7 इन्जिन जडान गरिएको छ जसले न्यून आरपिएममा पनि सबैभन्दा बढी टर्क लिन सक्दछ।रिइन्फोर्स गरिएको फ्रेमसहितको उच्चभारको क्याबिन आर्म र रक बकेटले यसको बडीको संरचनालाई मजबुत र बलियो बनाएको छ।
समूहका उपकरणहरुमध्ये यस यन्त्रले इन्धन खपत पनि कम गर्दछ भने उत्पादकत्व उत्कृष्ट रुपमा प्रदान गर्दछ। आरओपिएस/एफओपिएस जस्ता मापदण्डहरु यसमा पालना गरिएको छ।
भोल्भो सीईको अत्याधुनिक उपकरणद्धारा दक्षिण कोरियामा निर्माण गरिएको छ भने यसले गुण नियन्त्रणमा कडा प्रक्रिया पालना गर्दछ। कम्पनीले थप वारेन्टीे, क्रेडिट एलसी सुविधा र ब्लु सिएसए जस्ता परिचयात्मक अफरहरु ल्याएको छ।