काठमाडौं उपत्यका निमार्ण व्यवसायी संघको १५ औं साधारणसभा तथा ८ औ अधिवेशन सुरु भएको छ। अगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने यो साधारणसभामा १९ पदको लागि ४६ जनाले उम्मेद्वारी दिएका छन्।
अध्यक्षको लागि वल्र्डवाइड कन्ट्रक्सनका रामशरण बुढाथोकी र ङावाङ् सम्देन लामा निमार्ण सेवाका बालकृष्ण थापाको प्यानल बीच प्रतिस्पर्धा हुने भएको छ। थापा बर्तमान अध्यक्ष पनि हुन्।
एक हजार ११ जना मतदाता रहेको यो निर्वाचन बिहान ८ बजेबाट शुरु भएको थियो भने बेलुकी ५ सकिने निवार्चन अधिकृत कृष्ण बहादुर पोखरेलले जानकारी दिए। निर्वाचन सकिए लगत्तै मतगणना गरिने पोखरेलले बताए।