एसियन पेन्ट्सले अखिल नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिताका विजेताहरु घोषणा गरेको छ।
वैशाख २३ गतेबाट गरिएको प्रतियोगितामा नेपालका सम्पूर्ण आर्किटेक्चरल कलेजका २९ विद्यार्थीहरुले सहभागीता जनाएका थिए।
प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस, काठमाण्डु इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज र कान्तिपुर इन्टरनेशनल कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
प्रतियोगीहरुलाई प्रोजेक्ट अन्तर्गत दशरथ रँगशाला, त्रिपुरेश्वरमा रहेको अन्तर्राष्ट्रिय कभर्ड हलको डिजाइन गर्ने जिम्मेवारी दिइएको थियो।
सहभागी २९ विद्यार्थी मध्ये १५ जनालाई अघिल्लो चरणका लागि छनौट गरिएको थियो। जसमा प्रथम पुरस्कार विजेता काठमाडौँ इन्जिनियरिङ कलेजका श्रवण ठकुरीले पाएका छन्।
द्वितीय पुरस्कार आइओइ पुल्चोक क्याम्पसकी श्रृंखला खतिवडा, तृतीय पुरस्कार सोही क्याम्पसका गोविन्द प्रसाद मैनाली, सान्त्वना पुरस्कार काठमाडौँ इन्जिनियरिङका प्रदिप महर्जन र नेपाल इन्जिनियरिङ कलेजका रुस्तम लामाले प्राप्त गरेका छन्।