‘भुकम्पसुरक्षाप्रदर्शनी २०७६’ मा जगदम्बा सिमेन्टले सहकार्य गरेको छ।
सनिबारसम्म राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा जगदम्बा सिमेन्टले सहकार्य गरेको हो।
भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माणमा साथ छ जगदम्बा सिमेन्टको भन्ने नारा रहेको प्रदर्शनीमा कसरी सुरक्षित निर्माण गर्नेबारे जानकारी प्रदान गरिएको थियो।
‘कुनै पनि संरचनाको निर्माण गर्दा विशेषगरी ३ कुराहरुलाई विशेष ध्यान दिनुपर्ने हुन्छः उपयुक्त डिजाइन, गुणस्तरीय निमार्ण सामग्रीको छनोट र निर्माण कार्यमा कुशलता।’
कार्यक्रममा ‘भूकम्प प्रतिरोधात्मक बनाउनुहोस आफ्नो नयाँ घर’ पुस्तीका ‘जगदम्बा सिमेन्ट प्रयोग विधि’लगायतका पुस्तीकाहरु वितरण गरिएको थियो।
आम उपभोक्तालाई सिमेन्ट, बालुवा, गिटी, पानी, छडलगायत निर्माणमा प्रयोग हुने वस्तुहरुको छनोट, भण्डारणसम्बन्धी जानकारी समेत दिइएको थियो।