जेन–जी प्रदर्शनकारीले घरमा आगो लगाउँदा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी छिन्।
खनाल निवास डल्लुमा प्रदर्शनकारीले मंगलबार बिहान आगो लगाएका थिए। उनी घरभित्रै रहेका बेला प्रदर्शनकारीले आगो लगाएकाले उनी गम्भीर घाइते भएको एकीकृत समाजवादीका नेता नरेश शाहीले जानकारी दिए।
उनका अनुसार प्रदर्शनकारीले आगो लगाइरहँदा उनी छोरा निर्भिक खनालसँग घरमै थिइन्। आगाको लप्कामा परेपछि उनलाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पुर्याइएको थियो। त्यहाँको सघन उपचार कक्षमा राखिएको भए पनि कीर्तिपुर बर्न अस्पताल पुर्याउने तयारी भइरहेको शाहीले बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाललाई भने नेपाली सेनाले घर आगजनीअघि नै उद्धार गरेको थियो।