गोर्खा इको रेड व्रिक्स प्रालिबाट उत्पादित गोर्खा चाइनिज इट्टाको क्षमता बढेको छ। काभ्रेको बासडोलमा रहेको
कारखानामा उत्पादन सुरु गरेको इट्टाको ललितपुरको कुपण्डोलस्थित मल्टिल्याब प्रालीमा परीक्षण गर्दा क्षमता बढी पाइएको हो।
६ वटा इट्टाको नमूनाको रुपमा परीक्षण गर्दा औसतमा १४ एमपीए पाइएको छ।
सिनियर जियोटेक्निकल इन्जिनियर प्राडा रामकृष्ण पौडेलकाअनुसार इट्टाको परीक्षण गर्दा कम्तिमा १४.५ एमपीए पाइएको छ।
यसअघि ख्वप कलेज अफ इन्जिनियरिमा गरेको ‘कम्परेन्सिभ स्ट्रेन्थ टेष्टमा १० एमपीए देखिएको थियो। त्यसबेला इट्टाहरु कम्तिमा पनि १०.२३ एमपीए पाइएको थियो।
गुणस्तरीय इट्टा हुनका लागि न्यूनतम पनि पाँंच एमपीए हुनुपर्छ। विद्यार्थीले इट्टाको गुणस्तरका विभिन्न पक्षबारेमा परीक्षण गरेका थिए।
यो इट्टाको आकार साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ।
उक्त इट्टा अझ बढी मजबुत, आकार मिलेको हुने कम्पनीको दाबी छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाकाअनुसार यो प्रविधिबाट इट्टा बनाउँंदा काँंचो इट्टालाई घाममा नसुकाई ड्राइ टनेलमा पठाई इटालाई सुकाइन्छ। यसपछि फायर टनेलमा आठ सयदेखि नौ सय डिग्रीसम्मको तापक्रममा राखेर पोल्ने गरिन्छ।
फायरिङ टनेलमा भएको तातो हावालाई डाइ टनेलमा काँंचो इट्टा सुकाउने गरिन्छ।
यसका लागि तापक्रम नाप्न थर्मोमिटर पनि जडान गरिएको छ। थर्माेमिटरमा तापक्रम हेरी आवश्यकताअनुसार कोइला थपेर इट्टा पोल्ने गरिन्छ। जसले गर्दा इटा एकनासले पाकेर निस्किने कम्पनीले बताएको छ।