वृज सिमेन्टले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गरेको छ। यो कार्यक्रममा निर्माणकर्मीलाई ‘एक्सपर्ट मेशन क्लब’मा आवद्ध गरी निःशुल्क पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपल्ब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीले ‘एक्सपर्ट मेशन क्लब’मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहारसहित पासबुक बितरण गरेको छ। यस योजनाअन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिजका कुनै पनि उत्पादनहरु खरिद गरी योजनामा सहभागी हुन सक्नेछन्।
कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि काठमाडौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली, वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवलमा कार्यक्रम गरिएको थियो।
अहिलेसम्म कम्पनीले २५०० बढी निर्माणकर्मीलाई ‘एक्सपर्ट मेशनक्लब’ मा आवद्ध गरिसकेको छ। कम्पनीले बढी भन्दा बढी निर्माणकर्मीलाई क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटनाबाट सुरक्षित महसुस गराउने लक्ष्य लिएको जनाएको छ।
मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठ वृज सिमेन्टको एशोसिएट व्राण्ड एम्वेस्डर हुन्। वृज सिमेन्ट इण्डष्ट्रिज आइएसओ ९००१ः२०१५ बाट प्रमाणित हुनुका साथै पिपिसी ब्राण्ड एनएस ३८५, ओपिसि ब्राण्ड एनइस ४९ र पिएससी एनएस ३८४ बाट प्रमाणित भइसकेका छन्।
कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपिसी) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पोर्टल्याण्ड पोज्जोलना सिमेन्ट (पिपिसी) अन्तर्गत वृज सिमेन्ट रपोर्टल्याण्ड स्लयाग सिमेन्ट (पिएससी) अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ।