नेपालको व्यापारिक उद्योग भोईथले युनाईटेड हेभी इक्युप्मेन्ट एन्ड अर्थमुभर्स (युहिम)को लोकार्पण गरेको छ।
गत वर्षदेखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मेसिनरीहरु भित्र्याई रहेको युहिमले विश्वविख्यात निर्माण कम्पनीहरु सन्वार्ड, सिनोम्याक र नियोसेनका एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ।
युहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान , जर्मनी , साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रियस्तरको इन्जिन र स्पेयर पार्टसको प्रयोग हुन्छ जुन ह्युण्डाई , कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने कम्पनीले जनाएको छ।
ए क्लास, बी क्लास कन्ट्रयाक्टर , विदेशी कन्ट्रयाक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङलगायतका ठाउँमा सफलतापूर्वक संचालन हुँदै आएको कम्पनीले जनाएको छ।
युहिमको धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस पाटर्सहरु सहजताका साथ उपलब्ध गराउनुका साथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ।