केएनपिले माइका मार्बल एक्स्टिरियर पेन्टलाई नेपाली बजारमा ल्याएको छ। एक कार्यक्रमका बीच कम्पनीले उक्त उत्पादन सार्वजनिक गरेको हो।
मौसममा हुने परिवर्तनले घरको बाहिरी रंगलाई चर्काउने समस्यालाई मध्यनजर गर्दै केएनपिले नेपालमा इलास्टो टफ प्रविधिद्वारा निर्मित माइका मार्बल पेन्ट ल्याएको कम्पनीले दाबी गरेको छ।
इलास्टिक जस्तै तन्किने गुण भएकाले यसले घरको बाहिरी पेन्टलाई घाम पानी जस्ता मौसमीय समस्याहरुबाट सुरक्षित राख्न सहयोग गर्ने कम्पनीले बताएको छ।