नेपाली बजारमा भवन निमार्णमा प्रयोग हुने नयाँ ब्लक आएको छ। लक्ष्मी प्रिकास्ट सोल्युसन्सले ल्याएको उक्त ब्लकको प्रयोगले ३० प्रतिशत सम्म निर्माण खर्च घटाउन सकिने कम्पनीले जनाएको छ। कम्पनीले उक्त ब्लकको नाम डल्फिन ब्लक सिएलसी दिएको छ ।
कम्पनीले अहिले निमार्णमा प्रयोग भइरहेको इट्टा भन्दा निकै बलियो हुने दाबी गरेको छ।
युरोप लगायतका अन्य मुलुकमा यस्तो ब्लकको प्रयोग बढ्दै गएकोले नेपाली बजारमा पनि भवन निमार्णको क्रम तिब्र भइरहेको अवस्थालाई ध्यान दिदै नेपालमै यो ब्लक उत्पादन थालिएको कम्पनीले जनायो।
ब्लक इट्टा जस्तो खेरा नजाने कम्पनीको दाबी छ। कम्पनीले इट्टाको प्रयोगमा यसले २० प्रतिशत लागत कम गर्ने तथा ब्लकको प्रयोग गर्दा श्रमिकको लागत समेत ५० पतिशतले घट्ने कम्पनीले बतायो।