उत्पादित डण्डीमा मापदण्डअनुसारको गुणस्तर नभएपछि काठमाडौं स्टिल प्रालिको इजाजत खारेज भएको छ।
नेपाल गुणस्तर तथा नापतौल विभागले नवलपरासीमा रहेको सो उद्योगको इजाजत खारेज गरेको हो।
विभागका अनुसार एफई ५०० ग्रेडको फलामे डण्डीमा भौतिक चारित्रिक गुण नेपाल गुणस्तर १९१ बमोजिम नभेटिएपछि इजाजत खारेज भएको हो।
डण्डीका ८ मिमि, १० मिमि, १२ मिमि र १६ मिमि साइजका नमुनाहरु विभागले प्रयोगशालामा परीक्षण गरेको थियो। परीक्षणका क्रममा आवश्यक मापदण्ड नपुगेपछि इजाजत खारेज गर्नुपरेको विभागका महानिर्देशक विश्वावु पुडासैनीले जानकारी दिए।