भूकम्पपछि घर निर्माणमा ढिला सुस्ती भइरहेकोबेला बैकल्पीक निर्माण समाग्री प्रयोगबाट बन्ने घर भने छोटो समयमै बनेका छन्।
यसकै उदाहरण हो पशु सेवा विभागको संखुवासभाको चैनपुरमा बनेको घर। प्रीफ्याब सामग्रीबाट बनाइएको उक्त भवन तीन महिनामै सम्पन्न भएको छ।
गोर्खा इको प्यानल र गोर्खा विनडोर प्रयोग गरी तीन महिनाको अवधिमै भबन बनाइ हस्तान्तरण गरिएको गोरखा इको प्यानलका प्रमुख कार्यकारी कृष्णभक्त दुवालले जानकारी दिए।