के.एल. दुगड ग्रुपको युनाइटेड सिमेन्ट्सले धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
साथै सोही कार्यक्रममा एम्बुलेन्स सञ्चालनको निमित्त नगद एक लाख एक हजार पनि हस्तान्तरण गरेको छ।
यस भेगका बासिन्दा कयौं पटक एम्बुलेन्सको अभावका कारण समयमा उपचार प्राप्त नभई अकालमा ज्यान गुमाउनु परेको बताउँदै हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले एम्बुलेन्सको सेवापछि बिरामीलाई लाभ मिल्ने बताए।
धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले सिमेन्ट्सले गरेको सामाजिक कार्यको प्रशंसा गरे।