भारतीय लगानिकर्ताहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न उद्योगपतिहरुले सुझाव दिएका छन्।
मगंलबार वीरगन्जमा आयोजित नेपाल भारत ट्रेड एन्ड इन्भेष्टमेन्ट सेमिनार कार्यक्रममा सहभागीले नेपालमा अहिले लगानी समय सापेक्ष रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।
वीरगन्ज भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको सेमिनारमा सहभागी भारतीय लगानिकर्तालाई नेपालको वर्तमान अवस्थाको बारेमा बताउँदै नेपाली उद्योगपतिहरूले नेपालीसँग साझेदारी वा एकल रूपमा ढुक्क भएर लगानी सुझाव दिएका हुन्।
वीरगन्ज उद्योग वाणिज्यसघंले आयोजना गरेको कार्यक्रममा बोल्दै सघंका अध्यक्ष ओमप्रकाश शर्माले भारतभन्दा नेपालमा वीजुली, बैकव्याज, मजदुरी र जग्गाको दर सस्तो भएकोले खुलेर विभिन्न क्षेत्रमा लगानी गर्न भारतीय उद्योगपतिलाई आग्रह गरेका थिए।
उनले भने, ‘चाइनामा रक्षाबन्धन हुँदैन, चिनियाँहरू राखी बनाउँछन्, तिहार हुँदैन, दियो बन्छ, होली हुँदैन रगं बन्छ, हामी नेपाली– भारतीय व्यापारी मिलेर नेपालमा लगानी गरौ।’
सम्भावनाहरू धेरै रहेकोले नेपालमा भारतीय लगानीकर्ता खुलेर एकल वा साझेदारीमा लगान गर्न अध्यक्ष शर्माको सुझाव रहेको थियो।
कार्यक्रममा नेपालमा लगानीका लागि सम्भाव्य क्षेत्रका बारेमा उद्योगपति मनोजदास र जगदिश अग्रवालले भारतीय लगानीकर्ताहरुले जानकारी गराएका थिए।
उद्योगपति जगदिश अग्रवालले भने, ‘भारतको विहारभन्दा नेपालको सुरक्षा धेरै राम्रो छ, विद्युतीय सप्लाइको अवस्थामा पनि धेरै सुधार भएको छ। त्यस कारण सीमासँग जोडिएको भारतीय तिनै प्रान्तको मात्र होइन भारतको लगानिकर्ताहरुको लागि नेपाल धेरै राम्रो ठाउँ हुनेछ।’
कार्यक्रममा नेपालको कृषि क्षेत्रमा रहको सम्भानाको बारेमा कृषि बैज्ञानिक विश्वेर यादवले भारतीय लगानिकर्तालाई जानकारी गराएका थिए। विराटनगर र पोखराका प्रतिनिधिहरुले त्यस क्षेत्रमा रहेका लगानीका सम्भानाको बारेमा जानकारी गराएका थिए।
उनीहरूले बिहार, वेष्ट बंगाल तथा उत्तर प्रदेशको उद्योगपतिहरूको लागि नेपालको कृषि क्षेत्रमा धेरै सम्भाना रहेको बताउँदै चाइनिज लगानीकर्ताहरुको कृषि क्षेत्रमा बढिरहेको प्रभावको बारेमा जानकारी दिए।
कृषि विज्ञ यादवले भने, ‘तराईको कृषिमा चाइनिजहरुको लागि प्रतिकुल अवस्था भए पनि लगानि बढेको छ।’
भारतीय लगानिकर्ताले नेपालको तराइमा रहेको कृषि क्षेत्रमा लगानि गर्ने समय राम्रो रहेको उनको तर्क रहेको थियो।
अहिले नेपालको राजनैतिक अवस्थामा धेरै परिवर्तन भइसकेको भन्दै उनले भारतीय लगानिलाई भित्र्याउन आफूहरूले गर्नुपर्ने कामका बारेमा छलफल गरेका थिए।
सेमिनारमा भारतको चेम्बर अफ कमर्स विहार, चेम्बरअफ कर्मस वेष्ट वगांल तथा कन्फर्डेशन अफ उत्तर प्रदेशका ३० जना उद्योगपति तथा लगानिकर्ताको सहभागिता थियो।
कार्यक्रममा भारतीय लगानीकर्त खुल्ला र बन्दसत्र गरी दुई दिनसम्म चल्ने सो सेमिनारमा नेपालको तर्फबाट पोखरा, हेटौंडा, विराटनगर तथा वीरगन्जका उद्योगीको सहभागीता थियो।