हुलास स्टिल इण्डष्ट्रिज लिमिटेड, सिमरा बाराले सिआन पुनर्स्थापना केन्द्रलाई २० बन्डल स्टिल रूफिङ सामग्री (जस्ता पाता) सहयोग गरेको छ।
कुल चार हजार वर्गफुट बराबरका ती सामाग्रीको बजार मूल्य करिब दुई लाख रूपैयाँ पर्छ।
लागुऔषध दुर्व्यसनी र मानसिक समस्या भएका व्यक्तिहरूको उपचार तथा पुनर्स्थापनामा क्रियाशील सिआनलाई यो सहयोग गोल्छा प्रतिष्ठानअन्तर्गत हुलास स्टिलले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत गरेको हो।
सामग्री हस्तान्तरण कार्यक्रम कम्पनीका प्रशासन प्रमुख रविन्द्र पण्डितको पहलमा सम्पन्न भएको थियो।
उनले सिआनको कार्यप्रति प्रशंसा गर्दै समाज सुधारका अभियानमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
सिआनका प्रतिनिधिहरूले यो सहयोग संस्थाका लागि प्रेरणादायी भएको जनाउँदै हुलास स्टिलप्रति आभार व्यक्त गरेका छन्।