जेनजी आन्दोलन क्रममा सार्वजनिक सम्पत्तिसँगै निजी क्षेत्रका उद्योग, व्यवसायमा नोक्सानी भएको भन्दै गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पूर्वतयारीसहित सुरक्षात्मक व्यवस्था गर्न निर्देशन दिएको छ।
मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट कात्तिक १३ गते एक पत्र जारी गर्दै यस्तो निर्देशन दिइएको हो।
मन्त्रालयले प्रदर्शनका क्रममा भएको हानिले निजी क्षेत्रका व्यवसायमा असर पर्ने सम्भावना भएकाले अब सुरक्षात्मक वातावरण तयार गर्न निर्देशन दिएको हो।
यसका लागि जिल्ला स्तरीय उद्योग वाणिज्य संघ लगायत व्यावसायिक संगठनहरूलाई सहभागी गराई जिल्ला सुरक्षा समितिको संयोजनमा बैठक गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ।
पत्रमा भनिएको छ, 'सार्वजनिक तथा निजी क्षेत्रका सम्पत्तिमा हानि, नोक्सानी हुन नदिन सुरक्षात्मक वातावरण तयार गरी सम्बन्धित निकायको सहभागितामा बैठक राखी आवश्यक कदम चाल्न अनुरोध गरिन्छ।'