फास्टो नेपाल प्रालिले उपभोक्तालाई १० मिनेटमै हरेक सामान घरमै उपलब्ध गराउने भएको छ।
व्यस्त जीवनशैलीलाई सहज बनाउने उद्देश्य सहित स्थापना भएको फास्टोले ‘एनिथिङ्ग इन टेन मिनेट’ भन्ने नाराका साथ फास्टोले भाद्र १ (आज)देखि यो सेवाको सुरूआत गरेको हो।
फास्टोले काठमाडौं उपत्यकाभित्र किसानले उत्पादन गरेका ताजा तरकारी, फलफुल, दैनिक उपभोग्य सामाग्री लगायत खेलकुद तथा सजावट र बजार माग बमोजिमका अन्य आवश्यक सामाग्रीहरु ग्राहकले मोवाइलबाट अर्डर गरेर १० मिनेटमै घरमै प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको हो।
ग्राहकले ‘फास्टो एप’ प्लेस्टोर वा एपस्टोरबाट डाउनलोड गरी सामान अर्डर गर्न सक्नेछन्। यसबाट राजधानीवासीका लागि दैनिक किनमेल अब सजिलो र छिटो हुने अनुमान गरिएको छ।
यो सेवा नेपालकै पहिलो अत्यन्त छिटो डेलिभरी मोडल रहेको कम्पनीका संस्थापक सुशान्त घिमिरेले बताए। जसमा ग्राहकले सामान अर्डर गरेपछि औसतमा १० मिनेटमा सामान प्राप्त गर्ने छन्।
'अहिले मानिसहरूलाई हरेक मिनेट महत्वपुर्ण छ। बजार जाने, साधन पार्किङ गर्ने, सामान खोज्ने यी सबै कुराले उनीहरुको महत्वपुर्ण समय अनावश्यक खेर गएको छ,’ घिमिरेले भने, ‘हाम्रो उद्देश्य ग्राहकको सेवा बचत गराउनु हो।’
यो सेवा सन्चालनका लागि फास्टोले काठमाडौं उपत्यकाभित्र विशेष वितरण नेटवर्क तयार पारेको छ।
कम्पनीका अनुसार छिटो डेलिभरीका लागि अत्याधुनिक लजिष्टिक सिस्टम र कुशल डेलिभरी टिम प्रयोग
गरिएको बताएको छ।
कम्पनीले गुणस्तरीय र ताजगीको ग्यारेन्टी सहित स्थानीय खुद्रा मुल्यमा दुई सय ५० भन्दा बढी स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डका दुई हजारभन्दा बढी सामान उपलब्ध गराउने दावी गरेको छ।
साथै कम्पनीले किसान र उत्पादकसँग प्रत्यक्ष सहकार्य गरी उनीहरुका उत्पादन सोझै उपभोक्तासम्म पुर्याउने गरी कार्ययोजना तयार गरेको छ। जसबाट वस्तु बजारीकरण तथा वितरणमा विभिन्न मध्यस्थकर्ताहरूको उपस्थिती घट्नेछ।
यसो गर्दा साना तथा मध्यम स्तरका उधोगहरूले व्यहोर्नु परेको वितरण लागत कम हुन गई उत्पादक मात्रै होईन करिव ७० लाख भन्दा बढी उपभोक्ता समेत प्रत्यक्ष लाभान्वित हुने कम्पनीले बताएको छ।
यसले हाल काठमाडौं उपत्यकामा मात्र सिमित राखेको यो सेवा निकट भविष्यमा नेपालका सबै प्रदेश र बजारमा उपलब्ध गराउने कम्पनीको लक्ष्य लिएको छ।