भारतको नम्बर १ टाइल ब्रान्ड कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट “आर्क एण्ड अरा” काठमाडौंमा सम्पन्न गरेको छ।
कार्यक्रममा प्रख्यात आर्किटेक्ट, इन्फ्लुएन्सर र उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रमको सुरुवात कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांश अग्रवालको एक प्रभावकारी प्रेजेन्टेसनबाट भयो जसले कम्पनीको विश्वव्यापी उपलब्धिहरू, नेपालमा निर्माण विस्तार, आर्टिस्ट्री र सस्टेनेबिलिटी प्रतिको प्रतिबद्धताका बारेमा प्रकाश पारे।
सहभागीहरूले कजारियाका प्रिमियम टाइल संग्रहहरू अन्वेषण गरे जुन विभिन्न आकारहरूमा प्रदर्शित गरिएको थियो।
यसमा लार्ज–फम्यार्ट ग्लेज्ड भिट्रीफाइड टाइलहरू (६०x१२० सेमी, ८०x१६० सेमी, १२०x१८० सेमी र २०x२४० सेमी) लगायतका विभिन्न आकारहरू (६०x६० सेमी, ४०x४० सेमी, ३०x६० सेमी, ३०x४५ सेमी र १९.५x१२० सेमी) समावेश थिए, जुन आवासीय र व्यावसायिक आवश्यकताहरू पूरा गर्न उपयुक्त छन्।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ।
विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै चार हजारभन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गरेको छ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ सोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ।
कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६०x६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध गराउँछ।
यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ।
गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।