भारतको पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी इमामी लिमिटेडको उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालमा ‘नवरत्न बिट मसाज २०२५’ अभियान शुभारम्भ गरेको छ।
अभियान जेठ ११ बाट सुरू भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ।
७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने छ।
यस अभियान अन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ।
यसबाट हजारौं उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडीबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्ने बताइएको छ।
अभियानमा खटिएका दुई समर्पित टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्नेछन्।
उनीहरूले अन्तर्क्रियात्मक स्टलहरू, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू र २–मिनेट च्यालेन्ज, कुल कुल पर्फमेन्स जस्ता विभिन्न खेलहरू मार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन्।
यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६० हजारभन्दा बढी उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको छ, जसमा १२ हजारभन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३० हजार भन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन्।
नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले भने, 'नवरत्न बिट मसाज २०२५ मार्फत उपभोक्ताहरूलाई राहत र ताजगी केबल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं। यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउनेछ, जसले गर्दा उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन्। हामी विश्वास गर्छौं कि उपभोक्ताको प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय वेल्नेस सहयात्रीको रूपमा अझ स्थापित गर्नेछ।'
७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराएर २ मिनेटमै टाउको दुखेको, शरीर दुखेको र तनावबाट शीतलताको राहत दिने कम्पनीले बताएको छ।