नवलपरासीको हाइकुमा नयाँ बियर कम्पनी संचालनमा आएको छ। जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरीले जर्मनी वियर वार्सटाइन उत्पादन सुरु गरेको छ।
३ अर्ब ५० करोडभन्दा बढी लगानीमा उद्योग संचालनमा ल्याइएको प्रवन्ध निर्देशक राजबहादुर शाहले जानकारी दिए। राज ब्रुअरीले प्रतिदिन ६० हजार हेक्टोलिटर वियर उत्पादन गर्छ। जर्मन फुल अटोमेटिक प्लान्ट जडान गरेर वियर उत्पादन सुरु गरिएको शाहले बताए।
वियर उद्योगमा सबै सामानहरु जर्मनीबाट ल्याएर त्यहाँको जस्तै बनाइएको हो। हिमालयन डिष्टिलरी, रोलिङ रिभर डिष्टिलिरी, एसिएन डिष्टिलरी, विजय डिष्टिलरीको सफलतापछि जर्मनी वियर वार्सटाइनसँग सहकार्य गरी वियर उत्पादन सुरु गरिएको शाहले बताए।
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले उत्पादन गरेको रुस्लान भोड्का अहिले सबैले मन पराएका छन्। 'हाम्रा उद्योगका उत्पादनहरु सबैले मन पराइरहेका छन्,' शाहले भने, 'वार्सटाइनलाई पनि स्थापित गर्न हामी लागि पर्छौ।'
https://www.youtube.com/watch?v=JPEH0WusKDs&t=2s
'वार्सटाइनको क्वालिटीमा कमी हुन दिन्नौं,' शाहले भने, 'पहिला पनि हामी कष्टमरले विस्तारै विस्तारै पुल गर्दा माथि आयौ, यस वियर पनि आउँछ भन्ने मेरो विश्वास छ।'
वर्ल्ड क्लासको वार्सटाइन बियर नेपालीहरुले एक पटक चाखेपछि नछाड्नेमा आफू ढुक्क रहेको शाहले बताए।
फ्याक्ट्री म्यानेजर उदय बिष्टले वार्सटाइनरले सुरुवाती चरणमा ग्राहकहरुबाट राम्रो प्रतिक्रिया आएको भन्दै छिट्दै समयमा उत्पादन क्षमता बढाइने बताए।
नेपालमा आफ्नो वियर उत्पादन गर्नका लागि जर्मनीबाट नेपाल आएकी वार्सटाइनर समूहकी मालिक तथा बोर्डकी अध्यक्ष क्याथरिना क्रेमरले नेपालमा जर्मन वियर उत्पादन गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन्।
जर्मनमा जस्तै नेपालमा पनि यस वियरले आफ्नो ब्राण्ड बनाउनेमा उनले विश्वास जनाइन्। वियरको उत्पादन प्रक्रियामा र गुणस्तर कायम गर्ने काममा अन्र्तराष्ट्रिय निति नियम अनुसार आफूहरु चल्ने गरेको उनले बताइन्।
क्रेमर नाम सन् १७५३ देखि नै वार्सटाइनर सँग परिचित हुँदै आएको छ । क्याथरिना क्रेमरको नेतृत्वमा आज यस परिवारको नवौँ पुस्ताले वियर उत्पादनमा उत्कृष्टताको लामो इतिहास बोकेको छ ।
वार्सटाइनर ग्रुप जर्मनीको अग्रणी स्वतन्त्र ब्रुअरी हो जो उत्कृष्ट बियर उत्पादन गर्न २६० बर्ष भन्दापहिले देखि प्रख्यात छ । वार्सटाइनर ब्राण्ड जर्मनीको सबैभन्दा सफल ब्रुअरीहरु मध्य एक हो। वार्सटाइनर प्रिमियम बियर ६० भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरुमा उपलब्ध छ ।
बर्षैभरी निरन्तर उच्च स्तरीय बियर उत्पादतगर्ने प्रतिबद्दताका साथ वार्सटाइनर ब्रुअरीले विश्वस्तरीय प्रविधि, नविन नापतौल तथा अत्याधुनिक उत्पादन प्रविधिद्वारा प्रिमियम बियरको उत्पादन गर्ने अठोट लिएको छ ।
यस कडा नियन्त्रण प्रक्रियाले गर्दा वार्सटाइनर बियर अन्तर्राष्ट्रिय स्तरको फुड सेफ्टी सर्टिफिकेट प्राप्त गर्ने विश्वकै प्रथम ब्रुअरी भएको छ । वार्सटाइनर बियरको मुल्य २ सय ९५ रुपैयाँ तोकिएको छ।