कोकाकोला नेपालले उपभोक्ताका लागि नयाँ अफर ल्याएको छ।
‘कोक खाम, रसिया जाम’ शिर्षक दिइएको यस अफर अन्तर्गत कम्पनीले ४० जना उपभोक्तालाई रुसमा हुने विश्वकप प्रत्येक्ष देखाउन लैजाने भएको हो।
फिफाको आधिकारिक प्रायोजक रहँदै आएको ४० वर्ष पुगेको उपलक्ष्यमा कोका कोलाले ४० जना उपभोक्तालाई सम्पूर्ण खर्चसहित रुस लैजाने अफर ल्याएको हो।
यस बाहेक हरेक दिन २ जना उपभोक्ताले २४ इन्चको टिभी तथा २०० जनाले आकर्षक उपहार प्राप्त गर्ने कम्पीले बताएको छ।
३०० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका कोक, फेन्टा, स्प्राइट र कोक जिरोमा लागू हुने यो अफर आउँदो अप्रिल १५ सम्म जारी रहने कम्पनीले जनाएको छ।
अफरमा सहभागी हुन लेबल पछाडि राखिएको १० अंकको युनिक कोडलाई ३७७२२ मा एसएमएस गर्नुपर्नेछ। लक्की ड्रमा राति १२ देखि बेलुकाको ७ बजेसम्म आएका एसएमएस मात्र समावेश गरिने कम्पनीले स्पष्ट पारेको छ।