नेपाल व्यवस्थापन संघले म्यानेजर अफ दि एयर २०१७ पुरस्कार एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाललाई दिएको छ।
३७ औं वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा संघले उनलाई वर्षको उत्कृष्ट म्यानेजर छनौट गरेको हो।
संघले आउट स्ट्यान्डिङ म्यानेजरको रुपमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई छनौट गरेको छ।
प्रत्येक वर्ष संघले दिंदै आएको उक्त अवार्ड यो वर्ष सुचना प्रविधिको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै एफवान सफ्टका नेतृत्वकर्ता ढकालले पाएका हुन्।
त्यस्तै नेपालको टेलिकम क्षेत्रमा पहिलोपटक फोरजी सेवा सुरु गरेको, टेलिकमका अन्य प्रणालीगत सुधारमा नेतृत्वदायी भुमिका निभएको भन्दै राजभण्डारीलाई आउट स्ट्यान्डिङ म्यानेजरको उपाधि दिइएको व्यवस्थापन संघले बताएको छ।