सोनीको शोरुम दरवारमार्गस्थित शेर्पा मलमा सञ्चालनमा आएको छ। नेपालस्थित आधिकारीक विक्रेता नेपा हिमा ट्रेड लिंकले बिहीबारदेखि उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।
एक कार्यक्रमकाबीच सोनीका विजनेस हेड जेरेमी हेङ, निर्देशक निश्चल वस्नेत र नेपा हिमा ट्रेड लिंकका कार्यकारी निर्देशक राजेश तुलाधरले संयूक्त रुपमा सोरुमको उदघाटन गरे।
उक्त शोरुममा सोनीका नेपालमा उपलब्ध सबै रेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ। सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवरसट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआरसिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन्।
यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिम मल गोंगोवुमा सञ्चालनमा आइसकेको छ।