अमेरिकी कम्पनी ‘क्याफे अमेरिकन’को फ्रेन्चाइज काठमाडौंको ठमेलको ठहिटी चोकमा संचालनमा आएको छ।
अमेरिकाको ५० भन्दा धेरै स्थानसहित भारत, पाकिस्तान, दुवई र नाइजेरियामा समेत सन्चालित क्लासिक रक क्याफे बार स्वदेशी र विदेशी दुवै पर्यटकलाई लक्षित गर्दै संचालनमा ल्याएको सन्चालक पान्देन रोटाले जानकारी दिए।
‘यहाँको परिकारका स्वाद अन्य देशको फ्रेन्चाइजको जस्तै हुनुपर्छ, जसको लागि हामीले धेरै गाइडलाइन पार गर्नुपर्छ, पाक कला तथा अन्य धेरै कुरा सिकाउन फेब्रुअरी १५ तारिखमा अमेरिकाको टोली आउदै छ’ रोटाले भने।
अन्तर्राष्ट्रिय स्तर अनुरुप बनाउन र अमेरिकी गाइडलाइन म्याच गर्न १६ लाख पर्ने इटालियन कफी मेसिन ल्याएको सन्चालकले जानकारी दिए।
यहाँको मूख्य आकर्षण अमेरिकी प्रविधिमा उत्पादित कफी र स्मोकिङ जोज पिजा रहेको रोटा बताउँछन्।
आगामी दिनमा यसलाई बिस्तार गर्दै राजधानीको अन्य स्थानमा पनि संचालन गर्ने उद्देश्य रहेको उनले जानकारी दिए। ग्राहकलाई मनोरञ्जनात्मक वातावरणमा फरक स्वाद प्रदान गर्ने उद्देश्यका साथ संचालित यस क्याफे बारमा विभिन्न कन्टिनेन्टल फुड, कक्टेल, मक्टेलको साथै नेपाली परिकारहरु समेत उपलब्ध छ।
१२ जनाले रोजगारी पाइरहेको यस क्याफे बारमा ९० जनाले सजिलै सेवा लिन सक्नेछन्। बार उद्घाटनको अवसरमा यहाँ १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।