इन्धनको मूल्य बढसँगै हवाइ भाडा पनि बढाउने तयारी भएको छ। सोमबारबाट लागू हुने गरी भाडावृद्धिको निर्णय भएको वायुसेवा संचालक संघ (आयोन) समितिले जनाएको छ।
निगमले बिहीवार मध्यरातबाट हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ९५ पुर्याएपछि हवाई भाडा बढाउने निर्णय गरिएको समितिले जनाएको छ। आयोनले भाडा बढाउने निर्णय गर्दै निमयक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाइ सिफारिस गरेको छ।
प्राधिकरणले आइतबार सदर गरेमा सोमबारदेखि हवाई भाडा बढ्नेछ। एक महिना अघि पनि हवाईइन्धनमा प्रति लिटर ३ रुपैया वृद्धि भएको थियो।
उक्त समयमा भाडा वृद्धि नभए पनि यस पटक पनि ५ रुपैयाँ बढेकाले दुवैलाई समेटेर वृद्धि गर्न लागेको आयोनले जनाएको छ। न्युनतम ७५ देखि अधिकतम ३ सय ५५ रुपैयाँसम्म भाडा वृद्धि गर्र्ने निर्णय गरिएको छ।
नयाँ भाडादर अनुसार काठमाडौं–सिमराका लागि ३ हजार १ सय २५ रुपैयाँ र काठमाडौं–धनगढी १२ हजार ६ सय ७५ रुपैयाँसम्म तिर्नुपर्छ।
सिमराका लागि ७५ रुपैया र धनगढीको लागि ३ सय ५५ रुपेैंया भाडा बढाउने आयोनको निर्णय छ।
काठमाडौंदेखि विभिन्न क्षेत्रसम्मका लागि आयोनले तय गरिएको नयाँ भाडादरः
क्षेत्र |
नयाँ भाडादर रुपैयाँमा |
माउण्टेन फ्लाइट |
११ हजार २ सय ९५ |
पोखरा |
४ हजार ८ सय ५५ |
भैरहवा |
६ हजार २ सय २० |
विराटनगर |
७ हजार ४ सय ८० |
भद्रपुर |
८ हजार ९ सय ९० |
नेपालगन्ज |
९ हजार ५ सय ६० |
जनकपुर |
४ हजार १ सय १५ |
तुम्लिङटार |
५ हजार ८ सय ६५ |
भरतपुर |
३ हजार ५ सय ९० |