जोनी वाकर १८ वर्ष नेपाली बजारमा उपलव्ध भएको छ। यसमा १८ भिन्नभिन्न ह्वीस्कीहरुको एकीकृत गरी ल्याइएको कम्पनीले जनाएको छ।
यसभन्दा अघि कहिल्यै सिर्जना नगरिएको मिश्रणको पहिचानको रुपमा यसले १८ वर्ष–पुरानो ब्लेण्डेड स्कच ह्वीस्कीको उमङ्गलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ।
मिश्रणको लागि आफूले सर्वश्रेष्ठ ह्वीस्कीहरु चयन गरेको मास्टर ब्लेण्डर जिम वेभरिजले बताए। जिम दुई पटकका मास्टर ब्लेण्डर अफ दी इयर हुन्।
स्कटल्याण्डको मुख्य निर्माण क्षेत्रमा ह्वीस्कीका समिश्रणबाट झिकिएको १८ वर्र्ष–पुरानो ब्लेण्डेड स्कच खोजेर निकालिएको वेभरिजले बताए।
जोनी वाकरका ग्लोबल ब्राण्ड निर्देशक गाय स्कोल्मले सच्चा विज्ञता, दक्षता र परिश्रमको अत्यन्त उत्कृष्ट स्कच यो उत्पादनमा देखिएको उल्लेख गरे।
‘यो ह्वीस्कीमा तीक्ष्ण मीठा फलहरुको स्वाद र सुगन्धका साथ सामान्य धुँवाको रेसाको बहाव पाउन सकिन्छ’ वेभरिजले भने ‘यो न्यानोमय छ र काला फलहरु, माल्टी सेरीयल, सरस क्रिमी भेनिला, सुगन्धित बदामहरु र सुन्तलाहरुका साथ स्वादिष्ट छ।’