छ महिनामा मुलुकको अन्तर्राष्ट्रिय वस्तु व्यापार घाटा करिब ५ खर्ब पुगेको छ।
भन्सार विभागकाअनुसार साउनदेखि पुससम्म ५ खर्ब ९३ अर्ब रुपैयाँ मुलुकले व्यापारमा घाटा बेहोरेको छ।
यो बीचमा नेपालबाट ४१ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ भने ५ खर्ब ३५ अर्बको आयात भएको छ।
प्रत्येक वर्ष बढीरहेको व्यापार घाटा अघिल्लो वर्षको यही अवधिको तुलनामा १५ प्रतिशतले बढेको छ।
अघिल्लो वर्ष पुससम्म ४ खर्ब २७ अर्बमात्र घाटा भएको थियो।
यो बीचमा नेपालबाट वस्तु बाहिरिएबापतको मूल्य १३ प्रतिशतले बढेको छ भने ल्याएबापतको मूल्य १५ प्रतिशतले।
यो छ महिनामा सबैभन्दा बढी इन्धन आयात भएको छ। ७८ अर्ब ८९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपालले किनेके छ।
त्यस्तै घरायसी सामग्री ५४ अर्बको अयात भएको छ। त्यस्तै फलाम तथा स्टिल ५१, यातायातका साधन र तिनका पाटपुर्जा ४१,मोबाइल तथा अन्य इलोक्ट्रोनिक्स सामग्री ३५ अर्ब रुपैयाँ बराबरका आयात भएको छ।
त्यस्तै नेपालबाट निर्यात हुने वस्तुमा सबैभन्दा धेरै कफी तथा चिया ५ अर्बको छ। त्यस्तै तयारी पोशाक तथा कपडा ३,कार्पेट ३ र फलाम तथा स्टिल २ अर्ब रुपैयाँ बराबरको आयात भएको छ।
नेपालमै उत्पादन गर्न सकिने सामन्य कृषिवस्तुको अयात पनि अस्वभाविक रहेको छ। दाल चामल तेलजस्ता वस्तुको आयात प्रत्येक वर्षा बढीरहेको छ। त्यस्ता वस्तुको आयात बढ्दा अन्तर्राष्ट्रय व्यापारमा नकारात्मक प्रभाव पारिररहेको छ।
नेपालमा अाउने अधिकांस उपाभोग्य वस्तु रहेका छन्। औद्योगिक वस्तुकाे अयात भने खासै बढेको छैन। विदेशबाटै तयारी वस्तुकोमात्र आयात हुनुले झनै भविष्यमा खतरा रहेको व्यापार विज्ञहरुको भनाइ छ।