सेयर बजारमा बुधबार परिसूचक तथा कारोबार दुवैमा गिरावट आएको छ।
अघिल्लो दिन ७२ करोडको कारोबार भएकोमा यस दिन ६२ करोडमा सीमित भएको छ। कारोबार रकम १० करोडले घट्दा परिसूचक २ अंकले झरेको छ। २. ७८ अंकको गिरावटपछि नेप्से १६११ अंकमा कायम भएको छ।
यस दिन नेपाल बैंक कारोबारका आधारमा अग्रस्थानमा रह्यो। उसको ५ करोड ४६ लाखको सेयर किनबेच भएको छ। कम्पनीको आकर्षक वित्तीय विवरणले लगानीकर्तालाई तानेपछि समग्र बजार घट्दा उसको मूल्य भने २ प्रतिशतले नै बढेको छ। सो वृृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ३५७ कायम भएको छ।
त्यस्तै दोस्रोमा रहेको प्रभु इन्स्योरेन्सको २ करोड ७९ लाखको मात्रै कारोबार भयो। युनाइटेड फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.७ प्रतिशतले बढेको छ। एभरेष्ट इन्स्योरेन्सको मूल्य ३.७ प्रतिशतले बढ्यो।
अघिल्लो दिनसम्म उच्च दरले बढेको हिमालयन पावर पार्टनरको सेयर मूल्य आज भने प्रतिकित्ता १० रुपैयाँले घटेको छ। छ्याङ्दी हाइड्रोको मूल्य साढे ६ प्रतिशतले घटेको छ। कालिका माइक्रोक्रेडिट, मञ्जुश्री फाइनान्स र ओरेन्टल होटलका लगानीकर्ताले ५ प्रतिशत बढी नोक्सान बेहोरे।
यसैबीच नेको इन्स्योरेन्सको बिओडी मिटिङले रोहितकुमार भट्टराईलाई निर्देशकको रुपमा नियुक्त गरेको छ। त्यस्तै आरएसडिसी लघुवित्तले १ बराबर २ को अनुपातमा हकप्रद दिनका लागि आगामी १६ गतेलाई बुक क्लोजको मिति तय गरेको छ।