एनएमबि बैंकले हिन्दु महिलाहरुको विशेष पर्व तीजको अवसरमा लकर सुविधा लिँदा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ।
योसँगै बैंकले देशभरका विभिन्न शाखाहरुमा शुभकामना आदान— प्रदान सहितको बिशेष कार्यक्रमको आयोजना गरेको छ।
आफ्ना ग्राहकसँगको सम्बन्ध प्रगाढ बनाई स्थानीय महिला तथा समुदायहरुमा बैंकिङ्ग साक्षरता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ।