एनआइसी एसिया बैंकले ग्राहकमाझ ‘डबल डिपोजिट’ नामको नयाँ निक्षेप योजना ल्याएको छ।
अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाई सीमित अवधिपश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिने बैंकले जनाएको छ।
न्यूनतम १ लाख निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ वर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफुले सुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५ प्रतिशत तथा व्यक्तिगत निक्षेपको हकमा ५ प्रतिशतका दरले व्याज आम्दानीको श्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानी दिने छ ।
यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्दछ।
आफ्ना ११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरुलाई सेवा दिईरहेको बैंकले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २० प्रतिशत वोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस प्रदान गर्ने निर्णय गरेको छ।