जोखिम समूहको पुनर्बीमा व्यवस्थापन गर्न स्थापित नेपाल पुनर्बीमा कम्पनी र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ।
पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रवन्धक राकेश पोखरेलले समझदारी पत्रमा हस्ताक्षर गरे।
हालै सरकारले स्वीकृति प्रदान गरेको दश जीवन बीमा कम्पनीमध्ये पुनर्बीमा गर्ने इन्स्योरेन्समा आइएमई इन्स्योरेन्स पहिलो कम्पनी हो। साथै अन्य कम्पनी पनि पुनर्बीमाको लागि तयाारी अवस्थामा रहेको नेपाल पुर्नबीमा कम्पनीले जनाएको छ।
जेखिम समूहको पुनर्बीमा व्यवस्थापन गर्न २०६० सालमा नेपाल सरकार र सबै निर्जीवन बीमा कम्पनीहरुको साझा संस्थाको स्वरुपमा आकस्मीक बीमा कोषको स्थापना भई संचालनमा रही आएकोमा पछि बीमा समितिबाट २०७१ मा पुनर्बीमा व्यवसाय गर्ने बीमकको रुपमा इजाजत–पत्र प्राप्त गरेको हो।
यकम्पनीले राष्ट्रिय आवश्यकता एवं अन्र्तराष्ट्रिय प्रचलन अनुरुप पुनर्बीमा व्यवसाय गर्दै आइरहेको छ। गत आवदेखि कूल ३.५ अर्ब पुनर्बीमा शुल्क आर्जन गरेको यस कम्पनीले विश्व बजारका स्थापित पुनर्बीमकहरुसँग पुनर्बीमा (रेट्रोसेसन) गर्दै आएको छ। र यसले १७ देशको ३१ वटा पुनर्बीमकसँग पुनर्बीमा कारोवार गरी आफ्नो कारोबारलाई विश्वव्यापीकरण बनाएको छ।
यसैबिच स्थानीय आवश्यकता तथा राष्ट्रिय जीवन बीमा कम्पनीहरुलाई प्रतिस्पर्धी एवं गुणस्तरीय पुनर्बीमा सेवा प्रदान गर्ने सन्र्दभमा हालै बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्न अनुमती प्राप्त बीमकहरु सबैलाई यस कम्पनीले आफ्नो सेवा प्रदान गर्नका लागि पत्राचार गरिसकेको छ।