नेपाल ग्रामीण विकास बैंकले प्रतिकित्ता एक सय रुपैयाँमै एफपिओ जारी गर्ने भएको छ। कम्पनीले हालै धितोपत्र बोर्डबाट एफपिओको स्वीकृति पाएको छ।
अबको दुई महिनाभित्र कम्पनीले सर्वसाधारणका लागि एफपिओ जारी गर्ने भएको छ। सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ९२० रुपैयाँ छ। यति धेरै मूल्य भएको कम्पनीको एफपिओ एक सय रुपैयाँमै आउन लागेको पहिलो पटक हो। कम्पनीले कुल ९ लाख ७५ हजार कित्ता एफपिओ जारी गर्न लागेको छ।
एफपिओ निश्कासन तथा बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल रहेको छ। कम्पनीले एफपिओ निश्कासनबाट चुक्ता पुँजी ९ करोड ७५ लाख थप गर्नेछ।