साताको पहिलो दिन १ अर्ब १ करोडको सेयर खरिदबिक्री भएको छ। कारोबार रकम अघिल्लो दिनभन्दा घटेको छ। अघिल्लो दिन १ अर्ब १३ करोडको कारोबार भएको थियो।
कारोबार घटे पनि नेप्से भने ४ अंकले बढेको छ। सो अंकको वृद्धिसँगै नेप्से १६६५ अंकमा कायम भएको छ। यस दिन बैंकिङ, उत्पादन र अन्य समूह बढेका छन् भने अरु सबै घटेका छन्। बैंकिङ ११, उत्पादन १७ र अन्य समूह ५ अंकले बढेका छन्।
बिमा ५०, फाइनान्स ६ र जलविद्युत १६, विकास बैंक ३ र होटल समूह ३४ अंकले घटेका छन्। कारोबार रकमका आधारमा नेसनल हाइड्रो अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ४१ लाखको कारोबार हुँदा दोस्रोमा रहेको प्राइम कमर्सियल बैंकको ५ करोड ९८ लाखको कारोबार भयो।
त्यस्तै नेसनल माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स र स्टान्डर्ड चार्टड उत्कृष्ट पाँचभित्र पर्न सफल भए। ललितपुर फाइनान्स र वर्ल्ड मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए। गण्डकी विकास र जनरल फाइनान्सका लगानीकर्ताले ९ प्रतिशत बढी मूल्य गुमाए।
यस दिन पनि विकास बैंक समूहको सबैभन्दा धेरै रकमको कारोबार भयो, दोस्रोमा वाणिज्य बैंक तथा तेस्रोमा बिमा समूह रहे।