सेयर बजारको परिसूचक साढे ७ अंकले बढेको छ। ७.५६ अंकले बढेर नेप्से १६६० अंकमा कायम भएको छ। कारोबार सुरु भएदेखि उक्लेको नेप्से अन्तिम समयसम्म पनि हरियो अंकमा रह्यो।
यस दिन बजारमा १५८ कम्पनीहरुको १ अर्ब ४ करोड रुपैयाँको सेयर किनबेच भयो। बिमा र होटल समूह ओर्लिएका छन्। बिमा ४१ र होटल ३ अंकले घटे। बैंकिङ १.३, विकास बैंक ४४.५, जलविद्युत १६.८, उत्पादन ४३.५ र अन्य समूह ९.५ अंकले उक्लिएका छन्।
नेपाल ग्रामीण विकास बैंकको सबैभन्दा धेरै ७ करोड १० लाखको सेयर खरिदबिक्री भयो। कम्पनीको मूल्य प्रतिकित्ता ९९२ कायम भएको छ। त्यस्तै कारोबारका आधारमा दोस्रोमा रहेको ओरेन्टल होटलको ३ करोड ९७ लाखको सेयर खरिदबिक्री भयो।
नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था तथा मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। हिमालयन डिस्टिलरी, कुबेर मर्चेन्ट फाइनान्स, जानाकी फाइनान्स तथा जनउत्थान माइक्रोफाइनान्सका लगानीकर्ताले साढे ९ प्रतिशत बढी नाफा कमाए।
गुमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्टका लगानीकर्ता अगाडी रहे। सो कम्पनीको मूल्य ८. ६ प्रतिशतले घटेको छ। अरुण फाइनान्सको मूल्य ६ प्रतिशतले घट्यो।