सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३९ पैसामा खुम्चिएको छ। बैंकले मर्ज तथा एक्वीजिसनभन्दा हकप्रदमार्फत मात्रै चुक्ता पुँजी बढाएपछि प्रतिसेयर आम्दानी खुम्चिन गएको छ।
गत वर्ष ४ अर्ब ४६ करोड चुक्ता पुँजी भएकोमा यस अवधिसम्म उसले ६ अर्ब २८ करोड पुर्याएको छ। जसमा १ अर्ब ३७ करोड ८० लाख १९ हजार ६ सय ‘कल इन एडभान्स’ पनि जोडिएको छ।
बैंकको यस अवधिसम्म खुद नाफा १ अर्ब ४१ करोड रुपैयाँ छ। एक वर्षमा बैंकले व्याजवापत खुद २ अर्ब ६३ करोड आम्दानी गरेको छ।
बैंकको जगेडा कोष ३ अर्ब २८ करोड छ। निश्क्रिय कर्जा १. १५ रहेको छ। जुन गत आवको तुलनामा सुधारिएको छ। गत आव यस्तो कर्जा १. ४७ थियो।
मूल्य आम्दानी अनुपात २२. ६७ रहेको छ। बजारमा हाल कम्पनीको मूल्य प्रतिकित्ता ४७० रुपैयाँको हाराहारीमा रहेको छ। बैंकको सिडि रेसियो ७६. ७ प्रतिशत पुगेको छ। बैंकको निक्षेप संकलन ७७ अर्ब तथा कर्जा प्रवाह ६६ अर्ब रहेको छ।