बन्दीपुर केबल कार एण्ड टुरिजम लिमिटेडलाई आइपिओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले आइपिओ बिक्री गर्न असार १९ गते अनुमति पाएको हो।
कम्पनीले ५८ करोड ६० लाख रूपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको हो।
कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।