करिब दुई वर्षपछि छ्याङ्दी हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।
२०८० जेठमा हकप्रद सेयर निष्कासनको लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
अध्यक्ष नियुक्तिमा भएको ढिलाई लगायतको कारण लामो समयदेखि सेयर निष्कासन प्रक्रिया रोकिँदै आएका थिए।
कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो।
कम्पनीको हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी करिब ७७ करोड रूपैयाँ पुग्नेछ।
गत पुससम्मको वित्तीय विवरण अनुसार कम्पनी एक करोड ८४ लाख रूपैयाँ नोक्सानमा छ।
कम्पनी १७ करोड रूपैयाँ सञ्चित नोक्सानीमा छ। कम्पनीसँग सेयर प्रिमियमबापतको एक करोड ८९ लाख रूपैयाँ वितरणयोग्य रकम बाँकी छ।
हाल कम्पनीको सेयर चार सय ७३ रूपैयाँमा कारोबार भइरहेको छ।
अहिले पनि हकप्रद सेयर निष्कासनको अनुमति माग्दै पुगेका १० वटा जलविद्युत कम्पनीको आवेदन धितोपत्र बोर्डमा स्वीकृतिको लागि प्रतिक्षारत छन्।