चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन लघुवित्त वित्तीय संस्था (तत्कालीन सिभिल लघुवित्त) को खुद नाफा चार गुणाभन्दा धेरैले बढेको छ।
कम्पनीले पाँच करोड ३४ लाख रूपैयाँ खुद नाफा गरेको छ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले एक करोड १३ लाख रूपैयाँ नाफा कमाएको थियो।
ब्याज र अन्य आम्दानी बढेपछि कम्पनीको नाफामा सुधार भएको हो।
कम्पनीको खुद ब्याज आम्दानी ५३.०७ प्रतिशतले बढेर २४ करोड रूपैयाँ पुगेको छ।
कम्पनीले ६८ लाख ८१ हजार रूपैयाँ प्रोभिजनिङ गरेको छ।
कम्पनीको खराब कर्जा ४.६१ प्रतिशतबाट बढेर ५.३४ प्रतिशत पुगेको छ।
कम्पनीको वितरणयोग्य नाफा १ करोड ११ लाख रूपैयाँ छ। हालसम्मको यस्तो नाफाबाट ४.६३ प्रतिशत लाभांश दिन सक्ने अवस्था छ।
लघुवित्तको प्रति सेयर आम्दानी २२.३० रूपैयाँ र प्रति सेयर नेटवर्थ १५९.२४ रूपैयाँ छ।
बजारमा हाल कम्पनीको सेयर प्रतिकित्ता नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।