चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको खुद नाफा ४.४५ प्रतिशतले बढेको छ।
कम्पनीले १२ करोड ९३ लाख रूपैयाँ खुद नाफा गरेको छ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १२ करोड ३८ लाख रूपैयाँ नाफा गरेको थियो।
ब्याज आम्दानी बढेपछि कम्पनीको नाफामा सुधार भएको हो।
कम्पनीको खुद ब्याज आम्दानी २१.१६ प्रतिशतले बढेर ७३ करोड रूपैयाँ पुगेको छ।
कम्पनीले १२ करोड ४२ लाख ८१ हजार रूपैयाँ प्रोभिजनिङ गरेको छ।
कम्पनीको खराब कर्जा ७.६१ प्रतिशतबाट बढेर ९.४९ प्रतिशतमा पुगेको छ।
कम्पनीको वितरणयोग्य नाफा १ करोड ३४ लाख रूपैयाँले ऋणात्मक छ।
लघुवित्तको प्रति सेयर आम्दानी १२.१५ रूपैयाँ र प्रति सेयर नेटवर्थ १५२.९१ रूपैयाँ छ।